बङ्गलुरूको नेतृत्त्वमा तथा पीआइबी गान्तोकको समन्वयनमा बङ्गलुरूको 12 सदस्यीय मिडिया टोलीद्वारा आज सिक्किमल भ्रमणको क्रममा पाकिमस्थित आइसीएआर-राष्ट्रिय अर्किड अनुसन्धान केन्द्रको (आइसीएआर-एनआरसीओ) भ्रमण गरियो।

यो भ्रमण सिक्किमको समृद्ध पुष्पीय विरासतका साथै यसको अनुसन्धान, संरक्षण अनि अर्किडको व्यावसायिक प्रवर्तनका लागि गरिरहेको वैज्ञानिकतम प्रयासबारे प्रत्यक्ष जानकारी गराउनु रहेको थियो।

आगमनमा प्रतिनिधि टोलीलाई आइसीएआर-एनआरसीओका अधिकारी अनि वैज्ञानिकहरूले न्यानो स्वागत जनाए। आइसीएआर-एनआरसीओका प्रभारी एलसी डेले केन्द्रको शासनादेश, उपलब्धि अनि चलिरहेका गतिविधिबारे विस्तृत प्रस्तुति दिए। देशमा अर्किडको अनुसन्धानका लागि शीर्ष केन्द्रका रूपमा संस्थाको भूमिका, पूर्वी हिमालयका स्थानीय अनि सङ्कटग्रस्त अर्किडको संरक्षणका लागि प्रयास, उन्नत प्रजातिको विकास तथा प्रजनन क्रमाचार, कटाईपछिको प्रविधि, वहनीय खेतीका लागि कृषक अनि उद्यमीहरूका लागि प्रशिक्षण अनि क्षमता निर्माणबारे विस्तारका साथ जानकारी गराए। अर्किडको खेतीलाई आजीविका सिर्जनाका साथै पर्यापर्यटनसँग जोड्ने केन्द्रको पहलबारे पनि उनले प्रकाश पारे।

प्रस्तुतिपछि, प्रतिनिधि टोलीलाई केन्द्रको अर्किडेरियम, प्रयोगशाला, नर्सरी अनि संरक्षण कक्षहरूको निर्देशित भ्रमण गराइयो। वैज्ञानिकहरूले टोलीलाई केन्द्रद्वारा कायम गरिएका अर्डिकको विविध सङ्कलन तथा त्यसको संरक्षण, प्रजनन अनि वहनीय उपयोगका लागि अपनाइएको वैज्ञानिक एवं प्राविधिक विधिबारे जानकारी दिए।

मिडिया टोलीद्वारा नजिकै अर्किडको खेती गरिने इलाकाहरूको पनि भ्रमण गर्दै व्यावसायिक खेतीबारे जानकारी लिनका अतिरिक्त वैज्ञानिक अनि प्रगतिशील कृषकहरूसँग संवाद गरी सिक्किममा अर्किड खेतीको आर्थिक क्षमताका साथै अर्कितको अनुसन्धान अनि पुष्पखेती अघि बढाउने केन्द्रको प्रयासबारे व्यापक रूपमा ज्ञान हासिल गरे।

मिडिया टोलीका सदस्यहरूले आइसीएआर-एनआरसओद्वारा सिक्किमको प्राकृतिक विरासतको संरक्षणका साथै देशमा राज्यलाई अर्किड अनुसन्धान एवं पुष्पखेतीको निम्ति अग्रणी कार्य गरिरहेकोमा सराहना गरे।